नेपाल इन्स्योरेन्सको ४० लाख कित्ता हकप्रद निष्कासन, माघ २५ सम्म कारोबार गरेका शेयरधनीलाई ३८७ को शेयर सयमै

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रति शेयर एक सय रुपैयाँ अंकितका ४० लाख १४ हजार ६१५ कित्ताको हकप्रद शेयर निष्कासन गरेको छ । यही माग २५ गतेभित्र कारोबार गरेका शेयरधनीले यसको हकप्रदमा आवेदन दिन पाउने भएका छन् ।

यो कम्पनीले एक कित्ता शेयर बराबर ०.६५ कित्ता (अर्थात १ः०.६५)को अनुपातमा हकप्रद जारी गरेको छ । ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीले ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर जारी गर्दै छ ।

यो कम्पनीले यही फागुन २१ गतेबाट चैत्र २५ गतेसम्म आवेदन दिन पाइने गरी शेयर निष्कासन गरेको हो । हकप्रद शेयर निष्कासन पनि यो कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८६४ रुपैयाँ हुने छ ।

यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो । यो कम्पीको शेयर हाल बजारमा ३८७ रुपैयाँमा कारोबार भइरहेको छ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *