हिमालयन जनरल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैंया

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । इन्स्योरेन्सको यो नाफाका आधारमा प्रतिशेयर आम्दानी ८ रुपैंया ३७ पैसा कायम भएको छ ।

गत आर्थिक वर्षको यहि अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ६८.६० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

कम्पनीले हालसम्म २५ हजार ११९ वटा बीमालेखबाट ७२ करोड ७९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले १८ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १७ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

पुर्नबीमा कमिशन वापत ७ करोड ३६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

एक अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १९ करोड ८९ लाख रुपैयाँ र बीमा कोषमा ४४ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

कुल २ हजार ७०६ वटा दाबी वापत २६ करोड ९८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १ हजार २४५ वटा दाबी वापत १ अर्ब ५० करोड ४४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ १५ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४७.५३ गुणा बढी छ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *