मेरो माईक्रोफाइनान्सको सतप्रतिशत हकप्रद शेयर निष्काशन, फागुन १९ देखि चैत्र २४ भित्र आवेदन दिनुपर्ने

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सत प्रतिशत हकप्रद शेयरको निष्कासन गरेको छ । यो लघुवित्तले ३२ करोड ८९ लाख रुपैयाँको चुक्त पुँजीमा सोही बराबरको पुँजी बृद्धिका लागि हकप्रद निष्कासन गरेको हो ।

 संस्थाले १ शेयर बराबर नयाँ एक शेयर दिने गरी ३२ लाख ८९ हजार कित्ता हकप्रद साधारण शेयर निष्कासन गरेको हो । यसको शेयर आवदेन यही फागुन १९ गतेदेखि चैत्र २४ गतेभित्रै दिनुपर्ने भएको छ ।

यो संस्थाको शेयर आवेदन दिन यही भदौ २३ गतेसम्म कारोबार गरेका शेयरधनीले पाउने छन् । यसको प्रति शेयर एक सय रुपैयाँको दरले शेयर आवेदन दिनुपर्ने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *