नेप्सेमा झिनो अंकको गिरावट, कारोबार १९ करोड

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुन्य दशमलव ६७ अंकले घटेर १ हजार १ सय २८ दशमलव १९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव २० अंकले घटेर २ सय ४० दशलमव २० को बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६४ कम्पनीको ८ लाख ४६ हजार ७८० कित्ता शेयर खरिदबिक्री भई १९ करोड ४१ लाख ५९ हजार बराबरको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार घटेको छ ।

यस दिन कारोबारमा सबैभन्दा बढी प्रभु बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । जसको आज ३ करोड १० लाख रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा जेविल्स फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज ७ दशमलव ६३ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वाधिक गुमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ४८ प्रतिशतले घटेको छ । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *