भारतविरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलियाको मध्यम स्कोर

पाहुना टोली भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले मध्यम स्कोर बनाएको छ । पर्थ स्टेडियममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तिसम्म ६ विकेटको क्षतिमा २७७ रन बनाएको हो । अष्ट्रेलियाका लागि ओपनर मार्कुस ह्यारिस र आरोन फिन्चले राम्रो प्रदर्शन गर्दै ११२ रनको साझेदारी गरे । ह्यारिसले ७० रन बनाए भने फिन्चले ५० […]

Continue Reading

इपीएलबाट बाहिरियो पोखरा

काठमाडौं किंग्स ११  सँग पाँच विकेटले पराजित भएपछि पोखरा राइलोज एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटबाट बाहिरिएको छ  । टियु मैदान किर्तिपुरमा सुक्रबार भएको खेलमा पोखराले दिएको एक सय ६६ रनको लक्ष्य काठमाडौंले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । काठमाडौंको जितमा केभीन ओब्रायनले अर्धशतकीय इनिङस खेल्दै अविजित ५४ रन बनाए । रोहन मुस्तफाले […]

Continue Reading

शहीद स्मारक ए डिभिजन फुटबल : पुलिसद्वारा फेन्डस पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे । उनले […]

Continue Reading

नेपाली क्रिकेट टोलीका उपकप्तान मल्ललाई ट्वीस्टरको साथ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भारतीय क्रिकेट किट्स निर्माता कम्पनी ट्वीस्टरले प्रायोजन गरेको छ । मल्ललाई ट्वीस्टरले दुई वर्षका लागि रु १० लाख भारतीय रुपैँया बराबरको प्रायोजन गरेको छ । मल्ल र ट्वीस्टरको तर्फबाट केयुर देसाईले यहाँ आज आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे । मल्लले गत शनिबारदेखि एभरेस्ट प्रिमिएर लिगको खेलमा ट्वीस्टरको ब्याट […]

Continue Reading

किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट खेलाडीको मनोनयनमा परे

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट गोलकिपर अवार्डको मनोनयनमा परेका छन् । यस सिजन माल्दिभ्सको शीर्ष डिभिजन क्लब टिसी स्पोर्टस्बाट ब्यवसायिक फुटबल खेलेका किरण अवार्डको मनोनयनमा परेका हुन् । माल्दिभ्स फुटबल डट कम र फुटबल एसोसियसन अफ माल्दिभ्सले संयुक्त रुपमा प्रदान गर्ने यस अवार्डका लागि मोहमद फैसल र सुजन परेरा पनि मनोनयनमा […]

Continue Reading

ललितपुर र भैरहवा ईपीएलको प्लेअफमा

साविकको उपविजेता भैरहवा ग्लाडीयटर्स तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार साविकको विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै शरद भेषावकरको भैरहवा लगातार तेस्रो जितसहित प्ले अफमा पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर […]

Continue Reading

भारतको कसिलो बलिङ, १९१ रनमा अष्ट्रेलियाको ७ विकेट पतन

भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले खराब प्रदर्शन गर्दै दोस्रो दिनको समाप्तिमा १९१ रन बनाउँदा ७ विकेट गुमाएको छ । दोस्रो दिन नै आफ्नो पहिलो इनिङ्स थालेको अष्ट्रेलियाले खराब सुरुअात गरेको थियो । विना रन पहिलो विकेटको रुपमा आरोन फिन्चलाई शुन्य रनमै गुमाएको अष्ट्रेलियाले ५९ रन हुदा तेस्रो विकेट गुमाएको थियो । अष्ट्रेलियाका लागि […]

Continue Reading

ईपीएलको ट्रफी सार्वजनिक

एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । काठमाडौंमा ईपीएलले बिहीबार पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक कार्यक्रममा ईपीएलका ६ टिमका कप्तान उपस्थित थिए । साविक विजेता विराटनगर वारियर्सका कप्तान पारस खड्का, ललितपुर प्याटि्रएट्सका ज्ञानेन्द्र मल्ल, भैरहवा ग्लाडिएट्र्सका शरद भेषावकर, चितवन टाइगर्सका पृथु बास्कोटा र पोखरा राइनोजका केयल […]

Continue Reading