गुराँस लघुवित्तको आईपिओ २३ हजार ३६३ आवेदकलाई बाँडफाँड

गुराँस लघुवित्त (GLBSL) ले बैशाख १६ गते २० गतेसम्म निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ २३ हजार ३६३ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन्।

कम्पनीले सर्वसाधारणमा २ लाख ३३ हजार ६२५ कित्ता निष्काशनमा ल्याएकोमा लघुवित्तको कर्मचारीतर्फको ५ कित्ता थप गरेर २ लाख ३३ हजार ६३० कित्ता शेयर गोलाप्रथाबाट २३ हजार ३६३ आवेदकलाई बाँडफाँड गरिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा १० बजे उक्त आईपिओ बाँडफाँड गरिएको हो ।

सर्वसाधारणमा निष्काशन गरिएको लघुवित्तको आईपिओमा कूल तीन लाख २ हजार ३८ वटा आवेदनबाट २३.८० गुणा अधिक ५५ लाख ६० हजार ३४० कित्ता आवेदन परेको थियो ।

जसमध्ये ६४२ वटा आवेदनबाट परेको १४ हजार ८९० कित्ताको माग आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । तीन लाख एक हजार ३९६ वटा आवेदन सदर भएको थियो। सदर आवेदनबाट ५५ लाख ४५ हजार ४५० कित्ता शेयर माग भएको थियो ।

कूल सदर आवेदकको ७.७५ आवेदकले मात्र लघुवित्तको आईपिओ पाएका हुन् । सदर आवेदकको ९२.२५ प्रतिशत अर्थात दुई लाख ७८ हजार ३३ जनाले लघुवित्तको आईपिओ भरेर पनि खाली हात परेका छन् ।

लघुवित्तले कूल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७० कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *