२६ कम्पनीको बजार मूल्य एक बर्षयताकै अधिकतम, कुन कम्पनीको मूल्य कति प्रतिशतले बढ्यो?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उकालो लाग्ने क्रममा २६ कम्पनीको शेयर मूल्य बर्ष दिनयताकै उच्च मूल्यमा पुगेको छ।

नेप्से सूचक बर्षयताकै अधिकतम विन्दुमा पुग्ने क्रममा २६ कम्पनीको बजार मूल्य पनि उक्लिएको हो। गत वर्षको वैशाख २० गते वर्ष दिनयताको अधिकतम १३६० अंकसम्म नेप्से पुगेको थियो। 

त्यसयता सूचक लगातार घट्ने क्रममा फागुन १९ गते वर्ष दिनयताकै न्युनतम ११००.५८ सम्म झरेको थियो। न्युनतम विन्दुबाट बढ्ने क्रममा दुई महिनाको अवधिमा २१५ अंकले सुधार भैसकेको छ। यो वर्षदिन यताकै अधिकतम मूल्य हिसाव गर्दा कम्पनीहरुले प्रदान गरेको बोनस शेयर र हकप्रद शेयरको मूल्य समायोजनपछि ‘एडजस्टेड प्राइस’ हो । 

यस अवधिमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३०० प्रतिशत हकप्रद पछाडि समायोजन भएको मूल्यबाट १०९ प्रतिशतले बढिसकेको छ। त्यस्तै गण्डकी विकास बैंकको पनि ४८ प्रतिशतले मूल्य बढेको छ। एनएमबी बैंकको लाभांसपछि समायोजित मूल्यमा वर्ष दिन यताकै अधिकतम मूल्य कायम भएको हो।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *