आईपीएलः हैदरावादलाई पराजित गर्दै सन्दीप आबद्ध दिल्ली दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दैं अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती सम्पन्न प्रतियोगिताको ३० औं खेलमा १५ ओभर खेल्दा १०० रन बनाउँदै २ विकेटको अवस्थामा रहेको हैदरावादले अन्तिम १६ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार ब्यहोरेको हो ।

हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाउन सफल भएको थियो ।

१ सय ५६ रनको लक्ष्यसहति जवाफी ब्याटिङमा उत्रिएको हैदरावाद १८।५ ओभरमा सबै विकेट गुमाएपछि १ सय १६ रनमा समेटियो । १५ ओभर खेल्दा १०० रन बनाउँदै २ विकेटको अवस्थामा रहेको हैदरावादले अन्तिम १६ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार ब्यहोर्यो । 

हैदरावादका लागि ओपनर डेविड वार्नरले ४७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ बनाए । हैदरावादका लागि ओपनर जोनी बेयरस्ट्रो र डेविड वार्नरले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर १६ रन जोड्दा ८ विकेट गुमाउन पुग्यो । जसकारण उनीहरुको साझेदारी काम लागेन ।

यता दिल्लीका लागि कप्तान ऐयरले ४५ बलमा ५ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिए । कोलिन मुनरोले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४० र विकेटकीपर ऋषभ पन्तले २३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर पृथ्वी शा ४ र शिखर धवन ७ रनमा आउट भए ।

बलि हैदरावादका लागि खलिल अहमदले ३, भुवनेश्कर कुमारले २,राशिद खान र अभिषेक शर्माले समान १ विकेट हात पारे । यस्तै दिल्लीका लागि कागीसो रबाडाले ४ ,क्रिस मोरिस र किमो पलको नाममा समान ३ विकेट लिन सफल भए ।

यो जितसँगै दिल्ली ८ खेलमा ५ मा जित र ३ मा हारका साथ दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *