यी तीन कम्पनीको बुधबार विशेष साधारणसभा हुँदै

आज बुधबार एक जलविद्युत कमपनी सहित दुई विकास बैंकले विशेष साधारण सभा गर्ने सूचना प्रकाशित गरेका छन् । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक, काबेली विकास बैंक र सप्तकोशी डेभलपमेण्टले विशेष साधारण सभा गर्ने भएका हुन ।

नेपाल हाइड्रो इलेक्ट्रिकले वार्षिक प्रतिवेदन पारित र लेखा परिक्षक नियुक्तिको प्रस्ताव अघि सारेको छ भने काबेली र सप्तकोशी बैंकले एक अर्कासँग मर्जरमा जाने प्रस्तावलाई विशेष प्रस्ताव बनाएका छन् ।

काबेलीले धनकुटामा , सप्तकोशीले विराटनगरमा र नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले बुटवलमा सभा गर्नेछन् । तीन वटै कम्पनीले विहान ११ बजे सभा सुरु गर्ने सुचनामा उल्लेख गरेका छन् । यी तीन वटै कम्पनीको सभामा लाभांश भने प्रस्ताव गरिएको छैन् ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *