टी–२० क्रिकेटमा सन्दीप लामिछानेकाे ५० विकेट पूरा

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय फेन्चाइज लिग खेलिरहेका उनी अहिले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् । १९ वर्षीय लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बलरसमेत हुन् ।

सन्दीपको विश्व टी–२० क्रिकेटमा यात्रा गत वर्षको आइपीएलबाटै भएको हो । उनले गत वर्ष दिल्ली डेयर डेभिल्स (हाल दिल्ली क्यापिटल्स)बाटै आइपीएल खेलेका थिए । गत वर्ष आइपीएलको अन्तिम तीन खेलमा पाँच विकेट लिएपछि सन्दीपको चर्चा विश्वभर चुलिएको थियो । त्यसपछि  उनले क्वारेवियन प्रिमियर लिगको पाँच खेलमा सात विकेट लिए । अफगानिस्तान प्रिमियर लिगमा पनि सन्दीपले दुई विकेट लिएका थिए ।

यसैगरी उनले अष्ट्रेलियाको बिग बासमा ११ विकेट लिए । सन्दीपले बंगलादेश प्रिमियर लिगमा चार, त्यसपछि यूएसँग तीन खेलको टी–२० सिरिजमा पाँच र पाकिस्तान सुपर लिगमा ११ विकेट लिए । उनले जारी आइपीएलको सुरुवाती चार खेलमा पाँच विकेट लिई सकेका छन् । १९ वर्षीय सन्दीपले आइपीएलअन्तर्गत आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध एक विकेट लिए । यही विकेटसँगै सन्दीपले टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *