साताको अन्तिम दिन नेप्से ६ अंकले घट्यो

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ दशमलव ८६ अंकले घटेर १ हजार १ सय ४० दशमलव ६० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ५२ अंकले घटेर २ सय ४२ दशलमव ४७ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७१ कम्पनीको ९ लाख ७४ हजार ७२६ कित्ता शेयर खरिदबिक्री भई २७ करोड २४ लाख ९४ हजार बराबरको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । जसको कारोबार आज २ करोड ४ लाख ४२ हजार रुपैयाँ बराबरको भएको छ ।

त्यस्तै यस दिन सर्वा्धिक कमाउनेमा आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्य आज ९ दशमलव ९१ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वा्धिक गुमाउनेमा ग्लोबल आईएमी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य ५ दशमलव ७४ प्रतिशतले घटेको छ ।

यस दिन ११ वटा उपपरिसुचकहरुमा ४ वटा समूहरु बढेका छन् भने ७ वटा समूहहरु घटेका छन् । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *