न्यूजिल्याण्ड बंगलादेशी क्रिकेट टोली आक्रमणमा

न्यूजिल्याण्ड आक्रमणमा आफूहरु सुरक्षित रहेको बंगलादेशी क्रिकेट टोलीका सदस्यले बताएका छन् ।

न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट टोलीलाई पछ्याइरहेका एक पत्रकारले ट्वीट गरेका छन्- हेगली पार्की नजिकको मस्जिदबाट टिम जोगिएर आएको छ । यहाँ एक सक्रिय सुटर छ ।

खेलाडी तमिम इकबालले पनि ट्वीट गरेर ‘पूरै टिम सक्रिय शुटरबाट जोगिएको’ जानकारी दिएका छन् ।

हाल बंगलादेशी क्रिकेट टोली न्यूजिल्याण्डको भ्रमणमा छन् ।

न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा थुप्रै हताहत भएको अनुमान छ । मृतकको एकिन तथ्यांक आइसकेको छैन तर डेली मेलले बालबालिकासहित कम्तिमा २७ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले आजको दिन न्यूजिल्याण्डका लागि कालो दिन भएको बताएकी छन् ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *