रियलको नेतृत्व पुनः जिदानको कमाण्डमा

क्लब छाडेको १० महिनामा नै जिनेदिन जिदान पुनः रियल म्याड्रिडको म्यानेजर नियुक्त भएका छन् ।

स्यान्टियागो सोलारीको स्थानमा जिदानलाई क्लबले म्यानेजरको रुपमा नियुक्त गरेको हो । सोलारी भने क्लबको नेतृत्व सम्हालेको पाँच महिनामा नै बर्खास्तीमा परेका छन् ।

‘घर फर्कँदा म निकै खुसी छु,’ जिदानले भने ।

४६ वर्षीय रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिदानले क्लबमा लगातार तेस्रो च्याम्पियन्स लिग ट्रफी जिताएपछि गत मेमा क्लब छाडेका थिए ।

उनले सन् २०२२ सम्म क्लबमा रहने गरेर नयाँ करार गरेका छन् ।

रियल हाल लिगको तेस्रो स्थानमा रहेको छ र शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १२ अंकले पछि रहेको छ ।

‘विश्वकै उत्कृष्ट म्यानेजर पुनः क्लबसँग आबद्ध भएका छन्,’ रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भने, ‘हाम्रो भाग्य पुनः हामीलाई मिलन गराएको छ ।’

पछिल्लो हप्ता रियल आयाक्ससँग ५–३ ले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो भने लगातार दुई क्लासिकोमा बार्सिलोनासँग पराजित भएको थियो ।

सोलारीको अन्तिम खेल आइतबार भालाडोलिडविरुद्धको रह्यो । उक्त खेलमा रियल ४–१ गोलअन्तरले विजयी भएको थियो ।

लिभरपुलमाथि जीत हात पार्दै च्याम्पियन्स लिगको उपाधि जितेपछि जिदानले क्लबको नेतृत्व छाडेका थिए ।

उनको स्थानमा जुलेन लोपेटेगुईलाई ल्याइएको थियो । तर, साढे चार महिनापछि नै उनलाई रियलले बर्खास्त गरेको थियो ।

लोपेटेगुईको स्थानमा रियलको रिजर्भ टोलीका प्रशिक्षक सोलारीलाई अन्तिम म्यानेजरको रुपमा नियुक्त गरिएको थियो । पछि उनलाई पूर्णकालिन रुपमा २०२१ सम्मको करार हस्तान्तरण गरिएको थियो ।

सोमबार आयोजित औपचारिक कार्यक्रममा जिदानले भने, ‘यो क्लबलाई यसको सही स्थानमा पुर्याउन चाहन्छु । बाहिरबाट हेर्दा स्थिति अप्ठ्यारो देखिन्छ । म यो महान् क्लबलाई प्रशिक्षण गर्नु फेरि तयार छु ।’(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *