युनाइटेडलाई आर्सनलको झट्का

इङ्लिस प्रिमियर लिगमा सानदार प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडलाई आर्सनलको नमिठो झट्का लागेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युनाइटेड आर्सनलसँग २–० गोलले पराजित भयो । युनाइटेडको यस हारले लिगमा शीर्ष चारको होड रोचक बनेको छ ।

घरेलु मैदानमा आर्सनललाई जिताउन ग्रानिट झाकाले १२औं मिनेटमा खाता खोलेका थिए । ६९औं मिनेटमा पिएरे एमरिकले पेनाल्टीमा गोल गर्दै आर्सनललको अग्रता दोब्बर बनाए । युनाइटेडमा फ्रेडले एलेक्जेन्डर लाकाजेटलाई डिबक्स भित्र लडाएपछि आर्सनलले पेनाल्टी पाएको थियो ।

मध्यभागमा औसत खेल खेलेको युनाइटेडले आर्सनलमाथि दबाब सिर्जना गरेपनि गोल फर्काउन सकेन । रोमेलु लुकाकुको प्रहार पोस्टमा लगेर बाहिरिनु युनाइटेडको लागि दुर्भाग्य बनेको थियो । दोस्रो हाफमा आर्सनलका एक समर्थकले मैदान प्रवेश गरेर मैदानमै क्रिस स्मलिङलाई हात पात गरेपछि केहीबेर खेलमा तनाव उत्पन्न भएको थियो । उक्त सर्मथकलाई तत्काल बाहिर ल्याई खेल सुचारु गरिएको थियो ।

जितसँगै आर्सनल चौथो स्थानमा उक्लिएको छ  । आर्सनलले ३० खेलबाट ६० अंक बनाएको छ । पाँचौं स्थानमा झरेको युनाइटेडको ५८ अंक छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ७४, दोस्रो स्थानमा रहेको लिभरपुलको ७३ र तेस्रो स्थानमा रहेको टोट्टनहामको ६१ अंक छ । 

आइतबार रातिनै भएको अर्को खेलमा पाचौं स्थानमा रहेको चेल्सी वल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ । चेल्सीले २९ खेलबाट ५७ अंक बनाएको छ । छैटौं स्थानमा रहेको वल्भ्सको ४४ अंक छ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *