नेप्सेमा दोहोरो अंकले गिरावट, कारोबार २३ करोड

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव ०५ अंकले घटेर १ हजार १ सउ २७ दशमलव ५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ४० अंकले घटेर २ सय ४० दशलमव २१ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६० कम्पनीको ७ लाख ८२ हजार ४७७ कित्ता शेयर खरिदबिक्री भई २३ करोड ५१ लाख ९४ हजार बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा सबैभन्दा बढी माछापुच्छे बैंकको भएको छ । जसको आज १ करोड ४० लाख रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज १ दशमलव ७६ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वाधिक गुमाउनेमा श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ८८ प्रतिशतले घटेको छ ।

यस दिन १० वटा परिसुचकहरुमा होटल समूह मात्र बढेको छ भने बाँकी ९ वटा समूहहरु घटेको छ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *