स्थानीयले समेत नपत्याएको युनिभर्सलको शेयर अब सर्वसाधारणलाई

युनिभर्सल पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । शुुक्रबारबाट आवेदन खुला गर्ने सूचना प्रकाशित गरेको कम्पनीले गत पुसमा स्थानीयलाई शेयर बिक्री गरेको थियो ।

११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले ९३ लाख २७ हजार ४१० कित्ता शेयर सर्वसाधारणका लागि शुक्रबारदेखि विक्रि खुला गरेको छ । कम्पनीले स्थानीयका लागि छुट्याएको २१ लाख ३५० कित्ता शेयर समेत पुरा विक्रि भएको छैन ।

स्थानीयले खरिद नगरेको कित्ता १७ लाख ६६ हजार १५० कित्ता समेत गरि ९३ लाख २७ हजार ४१० कित्ता शेयर सर्वसाधारणलाई खुला गरेको हो । स्थानीयले समेत नपत्याएको उक्त आइपीओमा अब सर्वसाधारणले कसरी शेयर खरिद गर्लान त्यो भने हेर्न बाकी छ । यता यसभन्दा पहिला आइपीओ खरिद गरेको शेयर बजारका लगानीकर्ताको शेयर नै आइपीओको मुल्यभन्दा तल  छ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *