लिभरपुललाई उछिन्यो सिटीले

साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० गोलले हरायो । सिटीले शीर्ष स्थानमा रहेको लिभरपुललाई पछि पारेको छ । 

सिटी गत डिसेम्बर १६ पछि स्थानमा फर्किएको हो । २६ खेलबाट ६२ अंक बनाएको सिटीले समान अंक बनाएको लिभरपुललाई गोल अन्तरमा आधारमा पछि पारेको हो । सिटीले ४८ गोल गरेको छ, भने लिभरपुलको ४१ गोल छ । 

यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ । लिभरपुललाई अघिल्लो खेलमा लेस्टर सिटीसँग बराबरीमा रोकिएको कारण घाटा लागेको छ । सिटीसँग पराजित एभर्टन ३३ अंक सहित नवौं स्थानमा छ । 

एभर्टनको मैदानमा भएको खेलमा सिटीलाई जिताउन एमेरिक लापोर्टेले पहिलो हाफको इन्जुरी समयमा सुरुवाती गोल गरे । अर्को गोलपनि सिटीले दोस्रो हाफमो इन्जुरी समयमा थपेको थियो । 

सिटीका गाब्रियल जेससले दोस्रो गोल गर्दै टोलीको जित सहज बनाए । दोस्रो स्थानमा झरेको लिभरपुलले शनिबार राति बर्नमाउथसँग खेल्नेछ । उपाधि होडमा रहन उक्त खेल लिभरपुलका लागि विशेष महत्वपूर्ण छ । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *