आरएमडिसी लघुवित्तको नाफा १२१ प्रतिशतले वृद्धि

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC Laghubitta Bittiya Sanstha Ltd.) ले दोस्रो त्रैमासमा मुनाफा २ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ जुन गत वर्षको तुलनाभन्दा १२१ दशमलव ८३ प्रतिशतले बढेको हो । जसको अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ करोड २८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

६३ करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा १३ करोड ३५ लाख रुपैयाँ राखेको छ । जसले कर्जामा १ अर्ब ९१ करोड ६ लाख रुपैयाँ लगानी गरेको छ ।

लघुवित्तको खुद व्याज आम्दानी १२० प्रतिशतले बढेर ५ करोड ५६ लाख रुपैयाँ र संचालन मुनाफा ११० प्रतिशतले बढेर ४ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ८ दशमलव ९९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४३ दशमलव ८२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २१ दशमलव ०८ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ६८ प्रतिशत रहेको छ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *