आईसीसी टी ट्वान्टी बरियतामा पनि नेपालले युएईलाई पछि पार्‍यो

युएईविरूद्धको ३ खेलको सिरिज जितेसँगै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा पुनः समावेश भएको छ।

युएईविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा २-१ को जित निकालेको नेपालले आईसीसीको टी ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा युएईलाई पछि पार्दै १४औं स्थानमा पुगेको छ।

अहिलेसम्म ७ वटा अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलेको नेपालले ३०३ अंक जोड्दै ४३ रेटिङसहित वरियताको १४औं स्थानमा पुगेको हो।

यता १६ खेल खेल्दै ६८१ अंक जोडेको युएई रेटिङमा नेपालसँगै ४३ पाउँदा वरियतामा पछि पर्दै १५ औं स्थानमा झरेको छ।

वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा भारत तथा तेस्रो स्थानमा दक्षिण अफ्रिका छ। चौथोमा इंल्याण्ड र पाँचौमा अष्ट्रेलिया छ।

यस्तै न्यूजिल्याण्ड, वेष्टइण्डिज, अफगानिस्तान, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड, जिम्बाम्बे र नेदरल्याण्ड क्रमशः छैठौंदेखि १३ औं वरियतामा छन्।

नेपालभन्दा पछि १५ औं  मा युएई, १६ मा हङकङ, १७  मा ओमान र १८ औं स्थानमा आयरल्याण्ड छन्।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *