शेयर कारोबारमा प्यान अनिवार्य गर्ने विषयमा छलफल गर्न नेप्सेले बोलायो लगानीकर्ता

नेपाल स्टक एक्सचेञ्जले शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने सम्बन्धमा छलफल सुरु गरेको छ । यसका लागि नेप्सेले शुक्रबार लगानीकर्ताका विभिन्न संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृतका अनुसार कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बोलाइएको हो ।

नेप्से प्रमुख साउदका अनुसार चार वटा संघबाट ८ जना प्रतिनिधिलाई छलफलमा बोलाइएको हो । उनले प्यानको विषय मात्र नभई समग्र बजार सुधारका सम्बन्धमा छलफल गर्न छलफल आयोजना गरिएको बताए ।

सम्बद्ध पक्षसँग छलफल गरेर मात्र अघि बढ्ने बताएका साउदले प्यान कार्यान्वायनमा मिति निर्धारण नभएको प्रष्ट पारे । लगानीकर्ताका साथै सम्बद्ध पक्षसँगको छलफल पछि मात्र प्रकृया र कार्यान्वायनको चरणमा काम अघि बढ्ने उनको प्रष्टोक्ति थियो ।

दोस्रो बजारमा हुने अनाधिकृत किसिमका कारोबारलाई निरुत्साहित गर्न भन्दै यस अघि नै अर्थले धितोपत्र बोर्डलाई प्यानका विषयमा अघि बढ्न भनेको थियो । सोही आधारमा बोर्डले नेप्सेलाई प्रकृया अघि बढाउन परिपत्र गरे पछि नेप्सेले छलफल अघि बढाएको हो । यसबाट बजारमा हुने अनाधिकृत कारोबार न्युनिकरण हुँदै सम्बन्धित व्यक्तिले मात्र शेयर कारोबार गर्न पाउने र बजार सुधारमा कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।

फरक फरक व्यक्तिका नाममा गरिने अनाधिकृत शेयर निरुत्साहित हुनुका साथै प्यान नम्बरलाई इन्भेष्टर्स आईडिका रुपमा अघि बढाउने बाटो पनि खुल्नेछ । यति मात्र नभई आम नागरिकलाई करप्रणालीमा जोड्नका लागि पनि यो कदमले सहयोगी भुमिका निर्वाह गर्नेछ ।

धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आगामि आर्थिक वर्षदेखि देखि प्यान नम्बर कार्यान्वायनमा ल्याउन प्रेत्साहन गर्ने विषय उल्लेख गरेको थियो । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *