रियल म्याड्रिड विश्वको सबैभन्दा धनी क्लब, कमाई ७५०.९ मिलियन युरो

स्पेनिस क्लब रियल म्याड्रिड युरोपको सबैभन्दा धनी क्लब बनेको छ । पछिल्ला तीन सिजन लगातार च्याम्पियन्स लिगको उपाधि जितेको स्पेनिस जाइन्ट किलर रियल १२औं पटक सर्वाधिक धनी क्लबको पहिलो सुचीमा गनिएको हो । 

फुटबल क्लबहरूको आर्थिक कारोबारको तथ्यांक संकलन गर्दै आएको ‘डेलोइट’ संस्थाले बिहिबार  सार्वजनिक गरेको तथ्याङ्क अनसार रियल पहिलो र स्पेनिस महारथि बार्सिलोना दोस्रो स्थानमा छन् । 

‘डेलोइट’ ले २२औं पटक यो सुची तयार पार्द रियल १२ औं पटक सर्वाधिक धनीमा गनियो । उक्त संस्थाले २०१७÷१८ मा क्लबहरूले गरेको सबैखाले व्यापार र आम्दानीका आधारमा यस्तो सूची तयार पारेको हो ।

र, तेस्रो स्थानमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड रहेको छ । चौथोमा जर्मन क्लब बार्यन म्युनिख छ । गतबर्ष युनाइटेड शीर्ष स्थानमा थियो । गतबर्ष रियल दोस्रो स्थानमा थियो । 

शीर्ष १० धनी क्लब र कमाई 
रियल म्याड्रिड (स्पेन) – ७५०.९ मिलियन युरो 
बार्सिलोना (स्पेन) – ६९०.४ मिलियन युरो 
म्यानचेस्टर युनाइटेड (इङ्ल्यान्ड) – ६६६ मिलियन युरो 
बार्यन म्युनिख (जर्मनी) – ६२९.२ मिलियन युरो 
म्यानचेस्टर सिटी (इङ्ल्यान्ड) – ५६८.४ मिलियन युरो 
पीएसजी (फ्रान्स) – ५४१.७ मिलियन युरो 
लिभरपुल (इङ्ल्यान्ड) – ५१३.७ मिलियन युरो 
चेल्सी (इङ्ल्यान्ड) – ५०५.७ मिलियन युरो 
आर्सनल (इङ्ल्यान्ड) ४३९.२ मिलियन युरो 
टोट्टनहाम (इङ्ल्यान्ड) – ४२८.३ मिलियन युरो 

(source)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *