२६ जना अर्बपतिको सम्पत्ति, विश्वका ३ अर्ब मानिससँग भन्दा धेरै , भारतमा ९ धनाढ्यको कब्जामा देशको आधा सम्पत्ति

सन् २०१८ मा गरिबको सम्पत्तिमा ११ प्रतिशतले गिरावट आउँदा धनाढ्यहरूको सम्पत्तिमा १२ प्रतिशतले बृद्धि भएको छ । अक्सफामले गरेको एक अध्ययनले यो अवधिमा करिब ३ अर्बभन्दा बढी गरिब मानिससँग भएको जति सम्पत्ति २६ जना धनाढ्यको साथमा रहेको देखाएको छ ।

सर्वाधिक धनी तथा अमेजनका मालिक जेफ बेजोसको कुल सम्पत्तिको जम्मा एक प्रतिशत रकम इथियोपियाको वर्षभरीको स्वास्थ्य बजेट बराबर छ । धनी–गरिबबीचको दूरी कम गर्न आग्रह सामाजिक र लोकतान्त्रिक व्यवस्था ध्वस्त हुने खतरा रहेको अक्सफामको रिपोर्टले देखाएको छ ।

धनी र गरिबबीचको बढ्दो दूरीले विश्व अर्थ व्यवस्थामा गम्भीर असर पार्ने चेतावनी अक्सफामकी कार्यकारी निर्देशक विनी ब्यानिमाले बताएकी छिन् । उनका अनुसार नैतिक रुपमा यस्तो व्यवस्था अति क्रुर हुने उनको भनाइ छ । अक्सफामले राजनीतिक तथा आर्थिक विज्ञहरुसँग धनी र गरिबबीच बढ्दो आर्थिक दूरी कम गर्न आग्रहसमेत गरेको छ ।

उनले भारतको उदाहरण दिँदै भनेकी छिन्–‘भारतमा १३ करोडभन्दा बढी मानिस सन् २००४ देखि लगातार ऋणमा डुब्दै आएका छन् । सन् २०१८ मा भारतका करोडपतिहरूको सम्पत्तिमा हरेक दिन २२ सय करोड रुपैयाँको दरले वृद्धि भएको छ । भारतका ९ अमिर (उच्च धनाढ्य)हरुको साथ पूरा देशको आधा सम्पत्ति छ ।

२०१८ मा भारतमा करिब १८ जना नयाँ अर्बपति थपिएका छन् । अहिले अमिरहरूको संख्या बढेर एक सय १९ पुगेको छ । भारतमा १० प्रतिशत मानिससँग मात्रै देशको जम्मा ७७ दशमलव ४ प्रतिशत सम्पत्ति छ । सोमध्ये एक प्रतिशतको साथमा जम्मा ५१ दशमलब ५३ प्रतिशत र ६० प्रतिशत मानिसको साथमा जम्मा चार दशमलव आठ प्रतिशत सम्पत्ति रहेको एजेन्सी पीटीआईले देखाएको छ ।

सन् २०१८ देखि २०२२ को बीच भारतमा प्रतिदिन ७० जना अमिर बन्ने पनि रिपोर्टमा उल्लेख गरिएको छ । स्वीट्जरल्यान्डको डाभोसमा आयोजित पाँच दिने विश्व आर्थिक मञ्चको बैठक शुरु हुन अगावै अक्सफामले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *