सिटी काराबाओ कपको फाइनलमा

इङ्लिस प्रिमियर लिग टोली म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सिटीले बर्टन अल्बियोनलाई १–० गोलले हराउँदै सिटीले फाइनलमा स्थान बनाएको हो । 

बर्टनमाथि सिटीले समग्रमा १०–० गोलको जित निकाल्यो । पहिलो लेगमा सिटीले बर्टनलाई ९–० गोलले हराएको थियो । 

बर्टनको घरेलु मैदानमा खेलिएको खेलमा सिटीलाई जिताउन सर्जियो अगुएरोले २६औं मिनेटमा गोल गरेका थिए । त्यही गोलनै अन्ततः निर्णायक बन्यो । अघिल्लो खेलको तुलनामा उत्कृष्ट प्रदर्शन गरेको बर्टनले गोल फर्काउन भने सकेन । 

फाइनलमा सिटीले चेल्सी र टोट्टनहामबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा टोट्टनहामले चेल्सीलाई १–० गोलले हराएको थियो । चेल्सी र टोट्टनहामबीच दोस्रो लेगको खेल बिहिबार राति हुनेछ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *