ग्लोबल आईएमई बैंकको नेतृत्व महेश ढकाललाई

ग्लोबल आईएमई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेशकुमार ढकाललाई नियुक्त गरेको छ ।

बैंकले तीन महिना अघिमात्र उप प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरेका ढकाललाई जनक शर्मा पौडेलले प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएपछि  कामु प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।

प्रमुख कार्यकारी अधिकृत शर्माले आफ्नो कार्यकाल बाँकी छँदै पदबाट राजिनामा गरेका थिए । 

तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ढकाल मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि तेस्रो स्थानमा थिए । लगत्तै उनी ग्लोबल आईएमई बैंकको उप प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ढकाल टुरिजम डेभलपमेन्ट बैंक, मेगा बैंक हुँदै ग्लोबल बैंकमा भित्रिएका हुन् ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *