वैदेशिक राेजगारीमा जाने नागरिकले पाउने डलर सटही सुविधामा अंकुश

श्रम स्वीकृती लिएर वैदेशिक रोजगारिमा जाने नेपालीले अधिकतम दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७४ को बुँदा १ को खण्ड (ख) को ३ संशोधन एवं परिमार्जन गरेर नयाँ व्यवस्था कार्यन्वनमा ल्याएको हो।

संशोधित परिपत्र अनुसार सरकारबाट अनुमति लिएर अब वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले दुई सय डलर राहदानीमार्फत सटही गर्न सक्नेछन्। यस अघि वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले ५ सय अमेरिकी डलर सटही गर्न पाउँथे। (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *