चन्द्र ढकालको स्पष्टिकरण : ट्याक्स हेभन मुलुकबाट लगानी ल्याएका छैनौं

आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले कुनै पनि ट्याक्स हेभन (कर छली) मुलुकबाट लगानी नभित्र्याएको दावी गरेका छन् ।

खोज पत्रकारिता केन्द्र (सिआइजे) ले बुधबार सार्वजनिक गरेको नेपालिक्स-२०१९ मा आफ्नो नाम जोडिएपछि ढकालले त्यसको खण्डन गरेका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ढकालले कुनै पनि स्वीस बैंकमा खाता नरहेको र ट्याक्स हेभन मुलुकमा आफ्नो कम्पनी समेत दर्ता नगरेको बताए ।

‘प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्बन्धित कुनै पनि कम्पनीको नाम कहिंकतैबाट जोडिएको छैन’, उनले भने ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *