बिग ब्यासमा ६ बलको ओभरमा सातौं बलमा ब्याट्स्म्यान आउट भएपछि विवाद

अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा आइतबार एउटा अनौठो र विवादास्पद घटना भएको छ।

पर्थमा जारी सिड्नी सिक्सर्स र पर्थ स्कोर्चर्सबीच खेलमा पर्थका अनुभवी ब्याट्स्म्यान माइकल क्लिंगर आउट हुँदा विवाद भएको हो।

क्लिंगर ओभरको सातौं बलमा आउट भएका थिए। ओभर सकिए पछि पनि फालिएको बलमा उनी आउट भएका हुन्।

एक ओभरमा ६ बल हुन्छ। तर, अम्पायरले बलको गणना राख्न भुलेपछि बलरलाई सातौं बल प्रहार गर्दा क्लिंगर २ रनमा आउट भए।

सिड्नी सिक्सर्सले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा दोस्रो ओभरको सातौ बलमा सिड्नी सिक्सर्सका बलर बेन वारशुईसको बलमा माइकल क्लिंगरलाई स्टिभ ओकीफलाई क्याच थमाए।

ओभरमा कुनै पनि वाइड र नो बल फालिएको थिएन र ६ बल फालिसकिएको थियो। जसमा पहिलो बल डट थियो भने दोस्रोमा १ रन लेगबाइबाट तेस्रोमा बाइबाट २ रन, चौथो बलमा १ रन, पाँचौ बलमा २ रन, छैठौं बलमा १ रन र सातौ बलमा आउट भएका थिए।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *