तामाकोशी शेयर ५० प्रतिशत वृद्धिबारे नेप्सेको धारणा यस्तो, काराेबार रद्द

नेपाल स्टक एक्सचेञ्जले आफ्नो प्राविधिक कमजोरीका कारण माथिल्लो तामाकोशीको शेयर मूल्यमा भ्रम सृजना हुन पुगेको भन्दै क्षामायचना गरेको छ । नेप्सेले तामाकाेशीकाे शेयर काराेबार  समेत रद्द गरेकाे छ ।

सिस्टममा उत्पन्न खराबीका कारण तामाकोशीको शेयर मूल्य अस्वभाविक देखिन गएको र सो समस्या समाधानका लागि प्राविधिक टोली लागी परेको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जको सूचकमा सोमबार कारोबार सुरु भएको केहि मिनेटमै तामाकोशीको शेयर मूल्य अस्वभाबिक रुपमा बढेको देखिएको थियो ।

सोमबार बजार खुल्दा तामाकोशी शेयर मूल्य प्रति शेयर ५० प्रतिशत अर्थात ११२ रुपैयाँले बढेर ३३६ रुपैयाँ कायम थियो ।

कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा धेरैले वृद्धि हुन पाउदैन् । नेप्सेको सिस्टमले एक्कासी उच्च मूल्य देखाए पछि लगानीकर्ता अलमलमा परेका थिए ।

पटक पटक प्राविधिक कमजोरी 
पूर्ण स्वचालित अनलाईन प्रणाली सुरु गरेयता नेप्सेले यस्ता गल्ति बारम्बार गरिरहेको छ । कहिले कुल कारोबार रकम र उपसूचकहरुको कारोबार जोड्दा आउने रकम फरक देखिन्छ त कहिले बजार पूँजीकरणको रकम पनि गलत देखिन्छ ।

मार्केट डेफ्थमा त झनै ठूलो समस्या छ । लगानीकर्ताहरुले बारम्बार प्रश्न गर्दा नेप्से प्राविधिक कमजोरी भएकोले सच्याइने छ भनेर उम्कने गरेको छ । जनताको पैसा माथि खेलबाड हुँदा नेप्से एउटा प्रतिक्रिया दिएर उम्कन पाउँदैन । यस विषयमा नेप्से गंभिर भएको पनि देखिएन ।

लगानीकर्ताको वर्षौं देखिएको माग र दवाव पछि ल्याईएको अनलाईन प्रणालीप्रति उठेका प्रश्नको जवाफ नेप्सेले दिनु पर्दछ । महंगो प्रविधि भित्र्याएको दाबी गर्ने नेप्सेले प्रणालीमा देखिएका यस्ता गंभिर लापरबाहीलाई आगामी दिनमा जारी राखे नेप्सेको विश्वसनियतामाथि लगानीकर्ताले प्रश्न गर्ने ठाउँ रहन्छ ।(source)


Leave a Reply

Your email address will not be published. Required fields are marked *