शेयरबजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम भने खस्कियो

सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । काराबोरको अन्तिम समयमा आएर नेप्से सुचक ११.७४ अंकले बढेको हो । तर कारोबार रकम भने आइतबारको तुलनामा खस्किएको छ । आइतबार ३७ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार भने २६ करोड ८१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भयोे ।

आइतबार देखि कारोबार खुलेको अप्पर तामाकाशीको शेयर मुल्य रेन्ज भन्दा बाहिर गएर कारोबार भएपछि नेप्सेले कम्पनीको कारोबार रद्द गरेको छ । तर नेप्सेको यो तथ्यांकवाट अप्पर तामाकोशीको कारोबार डाटा भने हटाएको छैन् ।

सोमबार नेप्से ११.७४ अंकले बढेर ११८६.८० बिन्दुमा पुगेको छ । यस दिन १५८ कम्पनीका ८ लाख ५ हजार ६०१ कित्ता शेयर २६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०८ अंकले बढेर २५०.४९ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ९ उपसूचक मध्ये बैंकिङ्ग समुहको सुचक बाहेक सबै सकारात्मक देखिएको छ । बैंकिङ्ग समुह १.०९ अंकले घटेका छन् ।

सोमबार सबै भन्दा धेरै हाइड्रोपावर कम्पनीको १७७.०७ अंकले बढेको छ । यस्तै अन्य १९.९१, निर्जीवन बीमा १९.२४, होटल्स १८.८४, माइक्रोफाइनान्स १५.०७, फाइनान्स ६.९६, विकास बैंक ४.५६ र जीवन बीमा ३.१८ अंकले सकारात्मक देखिएका छन् ।

सोमबार नेपाल बैंकको सबै भन्दा धरै रकमको कारोबार भएको छ । बैंकको ४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नागरिक लगानी कोषको ४ करोड ७० लााख रुपैयाँ बराबरकमो कारोबार भयो । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन । अप्पर तामाकोशीको ४७ लाख ८२ हजार रुपैयाँ बराकारोबार कारोबार आज रद्ध भएको छ ।

यस दिन सबै भन्दा धेरै नागरीक लगानी कोषको शेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ । यस्तै आजको कारोबारबाट जनउत्थान लघुवित्तको शेयरधनीले ९.७२, सिटि एक्प्रेस फाइनान्सको ९.१७, गोर्खज फाइनान्सको ८, वामी माइक्रोफाइनान्सको शेयरधनीले ६.८८ अंकले कमाएका छन् ।

लक्ष्मि लघुवित्त, बेष्ट फाइनान्स, युनाइटेड इन्स्योरेन्स, साल्ट ट्रडिङ्गको शेयर मुल्य ५ प्रतिशत हराहरीले बढेका छन् ।

यता बैंक अफ कमाठमान्डूको शेयर मुल्य सबै भन्दा धेरै ५.०५ प्रतिशतले घटेको छ । अरुण कबेली पावरको शेयरधनीहरुले ४.३२ प्रतिशतले गुमाएका छन् ।

यस्तै अपि पावर, एक्सल डेभलपमेन्ट बैंकको शेयरमल्य ३ प्रतिशत भन्दा बढीमा घटेका छन् । ग्रिन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स, नेपाल कम्युनिटी विकास बैंक, पुर्णिमा विकास बैंकले शेयधनीहरुले २ प्रतिशतले गुमाएका छन् ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *