मलेसियामाथि नेपाली चेलीको सानदार जित

थाइल्याण्डको बैंककमा जारी थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।

मलेसियाले दिएको ६२ रनको समान्य लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो ।

नेपालको जीतमा रोमा थापाले अविजित २० रन बनाइन् । सीता रानामगरले १६ र ममता कुमारी चौधरीले अविजित ९ रन जोडे । बलिङमा मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एक–एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनायो । मलेसियाकी सिओ जीन यीले १२ र युश्रीना याकोपले ११ रन बनाए । अन्य ब्याट्सवुमनले दोहोरो अंकको रन जोड्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता रानामगरले चार विकेट झारिन् । नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक एक विकेट लिए ।

नेपालले दुई जितपछि चार अंक बनाएको छ । मलेसियासँगको जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सोमबार युएई र बुधबार आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *