बंगलादेशमा सन्दीप

नेपाली युवा स्पिनर सन्दिप लामिछानेले बंगलादेशमा जारी आज बंगलादेश प्रिमियर लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखे पनि आज आफ्नो दोस्रो खेलमा विकेट लिन सकेनन्।

सिलेट सिक्सर्समा आवद्ध सन्दीले पहिलो खेलमा उत्कृष्ट डेब्यू गर्दै २ विकेट लिएका थिए। आफ्नो दोस्रो खेल खेलेका सन्दीपले चितागोङ भीकिङ्सविरूद्ध विकेट लिन नसके पनि किफायती बलिङ गरेका छन्।

उनले चार ओभर पुरै बलिङ गर्दै एक चौकासहित  २१ रन खर्चिए।

आफ्नो पहिलो ओभरमा ४ रन खर्चिएका सन्दीप दोस्रो ओभरमा ३ रन मात्र खर्चिएका थिए।

यस्तै आफ्नो व्यक्तिगत तेस्रो ओभरमा ५ रन खर्चिएका उनले आफ्नो अन्तिम ओभरमा १ चौकासहित ९ रन खर्चिए।

मुस्फिकुर रहिमको कप्तानीमा रहेको चितागोङ सिलेट सिक्सर्सले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको छ।

सिलेट सिक्सर्सका लागि कप्तान डेभिड वार्नर र निकोलास पोरनले अर्धसतकीय पारी खेलेका थिए।

यसअघि पहिलो खेलमा साहिद अफ्रिदीको कप्तानीमा रहेको कोमिल्ला भिक्टोरियन्ससँग ४ विकेटले पराजित भएको सिलेटलाई आजको खेल जित्नैपर्ने हुनसक्छ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *