१५ वर्षपछि अस्ट्रेलियामा भारतको ६ सयभन्दा ठूलो स्कोर

भारतले अस्ट्रेलियाबिरुद्धको चौँथो टेस्टको पहिलो पारीमा ७ विकेटको क्षतिमा ६ सय २२ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको छ ।

अस्ट्रेलियामा भारतले बनाएको यो दोस्रो ठूलो स्कोर हो ।

भारतले अस्ट्रेलियामा यसअघि सात विकेटको क्षतिमा ७ सय ५ रन बनाएको थियो । सन् २००४ को जनवरीमा सिड्नीमा भारतले विशाल स्कोर बनाएको थियो ।

भारतले अस्ट्रेलियामा अहिलेसम्म ६ सयभन्दा बढी स्कोर बनाएको तेस्रो पटक हो । सन् १९८६ मा सिड्नीमा भारतले चार विकेटको क्षतिमा ६ सय रन बनाएर पारी समाप्तिको घोषणा गरेको हो ।

खेलमा ऋषभ पन्तले टेस्ट करियरको दोस्रो शतक पुरा गरे । उनले १ सय ५९ रन बनाउँदै नटआउट रहे । अस्ट्रेलियामा उनको यो पहिलो शतक हो ।

उता, चेतेश्वर पुजारा पनि अस्ट्रेलिया र विदेशमा आफ्नो पहिलो दोहोरो शतक बनाउनबाट चुके । रवीन्द्र जडेजा पनि विदेशमा आफ्नो पहिलो शतक बनाउन सकेनन् । उनी ८१ रन बनाएर आउट भए ।

शृङ्खलामा ४५० रनभन्दा बढीको स्कोर
यो शृङ्खलामा भारतको सर्वाधिक ठूलो स्कोर हो । शृङ्खलामा भारतले ४ सय ५० रन भन्दा बढी बनाएको पहिलो पटक हो । यसअघि भारतले मेलबर्नमा एक पारीमा सबैभन्दा बढी रन बनाएको थियो । भारतले सात विकेटको क्षतिमा ४४३ रन बनाएर पारी घोषित गरेको थियो ।

पाँचौ पटक भारतीय विकेटकिपरको एशियाबाहिर शतक 
१५९ रन बनाएका ऋषभ पन्त एशियाबाहिर शतक बनाउने चौँथो भारतीय विकेटकिपर बनेका छन् । एशियाबाहिर दुईपटक शतक लगाउने उनी पहिलो भारतीय विकेटकिपर पनि हुन् । उनले यसअघि सन् २०१८ मा इंग्ल्याण्डबिरुद्ध ११४ रन बनाए ।

त्यस्तै, भारतीय उपमहाद्वीप बाहिर एक पारीमा सबैभन्दा ठूलो स्कोर पनि पन्तले बनाएका छन् । यसअघि मुशफिकुर रहीमले २०१७ मा वेलिङटनमा १५९ रन बनाएका थिए । तर, उनी आउट भएका थिए ।

उता, पुजारा १ सय ९३ रन बनाएर आउट भए । अस्ट्रेलियामा पुजाराको सबैभन्दा ठूलो स्कोर हो । (Source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *