३४ वटा शेयर दलाललाई अनलाइनबाट यसरी तिर्न सकिन्छ शेयर किनेको पैसा

ब्रोकरको बैंक खाता थाहा हुनु पर्दैन
नेपाल क्लियरिगं हाउसको कनेक्ट आईपिएस प्रणालीबाट ३४ वटा शेयर दलाललाई सिधै पैसा तिर्न सकिने भएको छ । अहिले चेक क्लियरिंग गराउने संस्था क्लियरिंग हाउसले विद्युतीय माध्यमबाटै सिधै रकमान्तर गर्न सक्ने गरि कनेक्ट आईपिएस सञ्चालन गरिरहेको छ ।

क्लियरिगं हाउसको कनेक्ट आईपिएस प्रणालीको प्रयोगकर्ताले ब्रोकरको मात्र नभई सरकारी राजश्व, एक बैंकबाट अर्को बैंकमा समेत सिधै रकमान्तर गर्न सक्छन् ।

यसका साथै वालेट टपअप, ९ वटा बैंकको क्रेडिट कार्ड पेमेण्ट लगायतका सेवा पनि एकै स्थानबाट पाइने कनेक्ट आईपिएसले चेकबाट कारोबार हुँदा पर्ने झण्झटको अन्त्य हुने विश्वास लिएको छ ।

यसका लागि सबैभन्दा पहिले कनेक्ट आईपिएस डटकम लगइन गरेर आफ्नो खाता खोल्नु पर्छ । कनेक्ट आईपिएसको खाता खाले पछि आफ्नो बैंक खातालाई एक पटक इन्टिग्रेट गर्नु पर्ने हुन्छ । यसका लागि बैंक एकाउण्ट शिर्षकमा गएर बैंक खाताका विबरण उपलब्ध गराउनु पर्छ ।

यति गरे पछि सिष्टमले उपलब्ध गराएको कागजात प्रिण्ट नागरिकताको एक प्रतिसहित बैंकमा पुग्नु पर्छ । बैंकले उक्त फारम प्रमाणीकरण गरे पछि यो प्लेटफर्मबाट सिधै पैसा पठाउने तथा रकम भुक्तान गर्न सकिन्छ ।

उल्लेखित प्रकृया पुरा गरेर खाता सुचारु भए पछि क्रेडिटर्स शिर्षकमा अहिले ३ किसिमका भुक्तानी सेवा देखिन्छन्, क्रेडिट कार्ड, वालेट र स्टक ब्रोकर । जसलाई माथिको निलो रंगको चित्रमा देखाइएको छ ।

स्टक ब्रोकरमा गए पछि तपाईले यस्तो पेज देख्नु हुनेछ । जहाँ ३४ वटा शेयर दलाललाई आफ्नो क्लाइनट आईडी र तिर्नु पर्ने रकम मात्र उल्लेख गरेर रकम भुक्तान गर्न सकिन्छ । यस क्रममा ब्रोकरको बैंक खाता लगायतका विबरण आवश्यक नपर्ने भएकाले लगानीकर्तालाई सजिलो हुने क्लियरिगं हाउसले जनाएको छ ।(source)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *