शिवश्री हाइड्रोपावरले पायो आइपिओ निष्काशन गर्ने अनुमति

शिव श्री हाइड्रोपावर कम्पनीले आइपिओ निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १४ लाख ७६ हजार ४०० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री गर्न कम्पनीलाई धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघिनै सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणको लागि छुट्टाएको ३५ लाख कित्ता मध्ये १४ लाख ७६ हजार ४०० कित्ता आयोजना प्रभावितलाई जारी गरेपछि बाँकी २० लाख २३ हजार ६०० कित्ता शेयर सर्वसााधारण र कर्मचारीका लागि निष्काशन गर्नेछ ।

कम्पनीमा संस्थापकको तर्फबाट १ अर्ब १० करोड ७३ लाख रुपैयाँ पूँजी पुर्याइसकेका छन् ।

कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो पहिलो चरणको आइपिओमा आयोजना प्रभावित सिन्धुपाल्चोक क्षेत्रका स्थानीयले मात्रै आवेदन दिन सकिनेछ ।

यस आइपिओलाई इक्रा नेपालले ग्रेड ४ दिएको छ । यसले कम्पनीको वित्तयि अवस्था औषत रहेको जनाउछ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *