सन्दीपको सनसनी जारी, लिए तीन खेलमा सात विकेट

सन्दीपको सनसनी जारी, लिए तीन खेलमा सात विकेट

अस्ट्रेलियन बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सशक्त प्रदर्शन जारी राखेका छन् । लिग अन्तर्गत बिहीबार भएको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शनमा मेलबर्न स्टार्सले पहिलो जित हात पारेको छ । यस जितसँगै सन्दीप प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । सन्दीपको ब्यक्तिगत सात विकेट पुगेको छ ।

बिहीबार भएको खेलमा सन्दीपले चार ओभरमा मात्रै १८ रन खर्चेर दुई विकेट लिएका थिए ।

जसमा मेलबर्नले सिड्नी सिक्सरविरुद्ध पाँच विकेटको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको सिड्नी सिक्सरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एकसय ३० रन बनाएको थियो । जवाफमा सन्दीपको टोली मेलबर्नले १४.५ ओभरमा पाँच विकेट गुमाएर एकसय ३२ रन बनाएको थियो । मेलबर्नको जितमा पिटर ह्यान्ड्सकम्बले ७० रन बनाए ।

सन्दीपले यस अघिका खेलमा पनि लगातार विकेट लिएका थिए । उनले डेब्यु खेलमै सिड्नी थन्डरविरुद्ध दुई र होबर्ट हुरिकेन्सविरुद्ध तीन विकेट लिएका थिए । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *