आइतबार उछाल आएको नेप्सेमा सोमबार करेक्शन, कारोबारको साथ भने कायमै

मुद्रा र पूँजी बजारमा देखिएको समस्याहरुको अध्ययन गरि सरकारी कार्यदलले दिएको सुझाव कार्यान्वयन हुने आशा र नेपाल बैंकर्स एशोसिएसनले ब्याजदरमा भद्र सहमतिले उच्च अंकले चढेको नेप्सेको पारोमा सोमबार करेक्शन आएको छ । सूचक घटेपनि कारोबार भने उच्च नै रहेको छ ।

कारोबर सुरु भएको २० मिनेट बढेको सोमबारको त्यसपछि ओरालो लागेको थियो । त्यसयता तिब्र उतार चढाब देखिएको बजार अन्तत ६.४५ अंकले घटेर ११९१.७४ बिन्दुमा झरेको छ ।

सरकारी कार्यदलको सुझाव र ब्याजदरको भद्र सहमतिको आडमा आइतबार लगानीकर्ताको आत्मबल बलियो हुँदा नेप्से ६ महिनापछि ३२ अंकले बढेको थियो ।

७९ करोड ८७ लाखकाे काराेबार

सोमबार १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता शेयर ७९ करोड ८७ लाख १८ हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । आइतबारको तुलनामा सोमबार ८ करोड ३४ लाख रुपैयाँले कारोबार घटेको छ । आइतबार २८ लाख १२ हजार २१२ कित्ता शेयर ८८ करोड २१ लाख रुपैयाँमा कारोबार भएको थियो ।

सात उप समूहको सूचक नकारात्मक

आज कारोबारमा आएका ११ उप सूचक मिश्रीत देखिएका छन् । जसमध्ये चार उपसमूहको सूचक सकारात्मक भएको छ भने सात उप समूहको सूचक नकारात्मक बनेका छन् । यस दिन जीवन बीमाको सूचक सबैभन्दा धेरै ६८.२८ अंकले वृद्धि भएको छ । वित्त ५, अन्य ३.४ र उत्पादनमूलक सूचक २.७९ अंकले बढेको हो ।

ऋणात्मक बनेका उपसूचकमध्ये होटल समूहको सूचक सबैभन्दा धेरै ३२.६६ अंकले घटेको छ । निर्जीवन बीमा २०.४७, विकास बैंक १७.५, व्यापार ११.४, बैंकिङ्ग १०.३२, लघुवित्त ५.३९ र जलविद्युतको सूचक ३.९२ अंकले संकुचित भएको हो ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *