सुधार प्रतिवेदनले थेगेन शेयर बजार, ६ अंकले सूचक घट्दा करिब ८० करोडको कारोबार

मुद्रा र पूँजी बजार सम्बन्धी सरकारी कार्यदलले दिएको सुझाबले शेयर बजारलाई थेगेन। आइतबार दोहोरो अंकले बढेको शेयर बजार सोमबार फेरि घटेको छ।

सोमबार शेयर बजार मापक सूचक ६.४५ अङ्कले घटेर ११९१.७४ अंकमा ओर्लिएको छ। सेन्सेटिभ सूचक १.७० अङ्कले

घटेर २५३.६८ अंकमा झर्योम।आइतबार सूचक ३२.२४ अङ्कले बढेको थियो।

सोमबार कारोबारको सुरुवात देखिनै सूचकमा तीव्र उतार चढाब देखिएको थियो। कारोबारको पहिलो चौबिस मिनेटमा बजार नौ अङ्क बढेर सूचक १२०६ अंकमा उक्लिएको थियो।

सुरुवाती समयमा कायम गरेको वृद्धि पहिलो घण्टाको अन्त्यमा घटेर रातो भएको थियो। त्यसपछि पून बढेको बजार कारोबारको अन्तिम खुम्चिएर बन्द भएको हो।

सूचक सँगै कारोबार रकम समेत घटेको छ। १६८ कम्पनीको २२ लाख ७६ हजार कित्ता शेयर ७९ करोड ८७ लाख रुपैयाँमा कारोबार भयो।
आइतबार ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आइतबारको तुलनामा कारोबार रकम करिब आठ करोड रुपैयाँ कम हो। सोमबार सबैभन्दा बढी एनएमबी बैंकको नौ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *