मनाङ उपाधिभन्दा एक खेल टाढा

मनाङ उपाधिभन्दा एक खेल टाढा

मनाङ मर्स्याङ्दी क्लब पल्सर शहित स्मारक ‘ए’ डिभिजन लिगको उपाधि नजिक पुगेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा आइतबार भएको खेलमा मनाङले नेपाल पुलिस क्लालाई १–० गोलले हरायो । यस जितले मनाङको यात्रा सहज बनेको छ ।

१० खेलसम्म अपराजित मनाङले ३० अंक बनाएको छ । मनाङलाई पछ्याई रहेको संकटा क्लबको २५ अंक छ । मनाङले दोस्रो स्थानमा रहेको संकटासँगको दुरी पाँच अंकले बढाएको छ । मनाङ लिग उपाधिको एक खेल मात्र टाढा छ ।

अब लिगको ११ औं चरणमा मनाङले संकटालाई हराए मात्र मनाङ च्याम्पियन बन्नेछ । मनाङसँग हार खेपेको पुलिस १५ अंकका सहित तालिकाको छैटौं स्थानमा छ । मनाङको जितमा एडेलाजा सोमिडेले गोल गरे । ५३औं मिनेटमा सोमिडे गरेको गोल नै मनाङका लागि प्रयाप्त बन्यो । पुलिसले दोस्रो हाफमा तीनवटा गोलको अवसर गुमाएपछि हारमा चित्त बुझाएको थियो ।

विभागीय डर्बीमा एपीएफको बाजी

एन्फा मैदानमै भएको अर्को विभागीय टोली एपीएफ क्लबले त्रिभुवन आर्मी क्ललाई २–१ गोलले हरायो । एपीएफको जितमा दुवै गोल आशिस लामाले गरे । आशिसले खेलको ५७औं र ८६औं मिनेटमा गोल गरेका थिए । आर्मीले ८७औं मिनेटमा एक गोल फर्काएपनि हार टार्न सकेन । आर्मीका लागि नवयुग श्रेष्ठले गोल गरे ।

नवयुगले एपएिफका गोलरक्षक अगाडी बढेको मौकामा खाली पोस्टमा गोल गरेका थिए । हारेपनि आर्मी १८ अंकका साथ तालिकाको चौथो स्थाानमा छ । जितसँगै १६ अंक बनाएको एपीएफ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *