ब्याजदर घटेर कार्यदलको सुझाव कार्यान्वयनकाे आशा बढ्दा ६ महिनापछि फर्कियाे शेयर बजारमा चमक

नेप्से ३२ अंकले बढ्दा ८८ करोड बढीको कारोबार।
सरकारले वाणिज्य बैंकहरुलाई बढाएको निक्षेपको व्याजदर घटाएपछि त्यसको सकारात्मक असर पूँजी बजारमा देखिँदा आइतबार नेप्से परिसूचक ६ महिनापछि उच्च अंकले बढेकाे छ। साताको पहिलो दिन नेप्से ३२.२४ अंकले बढेर ११९८.१८ अंकमा पुग्दा कारोबार रकम पनि ८८ करोड २१ लाख नाघेको छ। यसअघि गत जेठ १४ गते नेप्से  ३६ अंकले बढेको थियो।<

राष्ट्र बैंकको दबाबमा नेपाल बैंकर्स एशोसिएसनले ब्याजदरमा भद्र सहमति गर्दा पूँजी बजार वृद्धिमा सहयोग पुगेको हो । वाणिज्य बैंकहरुले सहमति गर्दै निक्षेपको ब्याजदर साढे ९ प्रतिशतमा सीमित राख्ने सहमति गरेका छन् ।

तयसैगरि मुद्रा र पूँजी बजारमा देखिएको समस्याहरुको अध्ययन गरि सरकारी कार्यदलले दिएको सुझाव कार्यान्वयन हुने आशाले लगानीकर्ताको आत्मबल बलियो हुँदा बजार उच्च अंकले बढेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले पूँजी बजार सुधार सम्बन्धी लगानीकर्ताले उठाउँदै आएका करिब ९५ प्रतिशत मागलाई सम्बोधन गर्नुपर्ने राय सहित बुधबार प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदन शुक्रबार अर्थमन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

यससँगै सरकारले पूँजी बजारको प्रथामिकता राखेर सुधार र विस्तारको लागि आवश्यक कदम चाल्ने बताउँदा लगानीकर्तामा आत्मबल सबल भएसँगै शेयर बजारले बुलिस प्रवृत्ति समातेको छ । तर केही बजार विश्लेषकहरुले भने एकै दिन उच्च अंकले बढेको बजारमा स्थायित्व हुनेमा आशंका व्यक्त गरेका छन् ।

आइतबार बजार खुलेको १५ मिनेट समयावधि मै नेप्से सूचक २३ अंकले बढेको थियो । त्यससता करिब दुई घण्टा समान्य रहेको बजार साढे १ बजेपछि पुन बढ्दै जाँदा ३२.२४ अंकको वृद्धिमा बन्द भएको छ ।

त्यसैगरी ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३१ अंकले बढेर २५५.३८ अंकमा पुगेको छ । आइतबारको बजारमा १६४ कम्पनीका २८ लाख ३२ हजार २४५ कित्ता शेयर ८८ करोड २१ लाख २० हजार रुपैयाँमा खरिद बिक्री भएका छन् ।

कारोबारमा आएका १० उप सूचक मध्ये उत्पादन बाहेक बाँकी ९ वटै उप समूहको सूचक बढेका छन् । निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ३१८.०२ अंकले बढेको छ । जीवन बीमा २४७.३३ होटल ६३.९२, लघुवित्त ६३.७५, विकास बैंक २८.६४, जलविद्युत २६.१६, बैकिङ्ग २४.९२, अन्य १७.२९ र वित्त समूहको सूचक ४.९३ प्रतिशतले सकारात्मक भएको छ । उत्पादनमूलक समूहको सूचक भने ६.५ अंकले ऋणात्मक रह्यो ।

आइतबार सनराईज बैंकको संस्थापक शेयर सबैभन्दा धेरै ८ करोड १७ लाख ४८ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । बैंकको ४ लाख ९५ हजार ४४३ कित्ता शेयर कारोबार भएको हो ।

त्यसैगरि एनएमबि बैंकको एक लाख ८३ हजार ६७५ कित्ता ७ करोड १३ लाख रुपैयाँमा किनबेच भएको छ । नेपाल बैंक एक लाख ५६ हजार ३३५ कित्ता शेयर ४ करोड ८३ लाख रुपैयाँमा र प्रभु बैंकको एक लाख ६९ हजार ४४५ कित्ता शेयर ४ करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ ।

आइतबारको बजारमा तीनवटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र कालिका लघुवित्तको शेयरधनीले अधिकतम नाफा आर्जन गरेका हुन् ।

गुराँस इन्स्योरेन्स कम्पनी, वोमी माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, सिभिल लघुवित्त, लक्ष्मी लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ९.८० प्रतिशतले बढोत्तरी भएको छ ।

उता कैलाश विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै ६.२५ प्रतिशतले घटेको छ । युनाइटेड मोदी हाइड्रोपावरको ४.८७ प्रतिशत र रैराङ हाइड्रो पावरको शेयरमूल्य २.७५ प्रतिशतले खस्किएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी, एनआइसी एसिया ग्रोथ फण्ड, बरुण हाइड्रोपावर, कन्काई विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र बुटवल पावर कम्पनीको शेयरधनी गुमाउने सूचीमा समेटिएका छन् ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *