साढे तीन वर्षमा काठमाडौं उपत्यकामा मोनोरेल

मोनोरेलको डिपीआर जिम्मा चिनियाँ कम्पनीलाई ।
काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन हुन कम्तीमा साढे तीन वर्ष लाग्ने भएको छ । काठमाडौँ र ललितपुर महानगरको संयुक्त लगानीमा निमार्ण हुने मोनोरेलको प्रारम्भिक लागत १६ अर्ब प्रक्षेपण गरिएको छ ।

प्रारम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्छ । त्यसको ३ वर्षपछि मोनोरेल निमार्ण सकिने काठमाडौँ र ललितपुर महानगरले जनाएका छन् । प्रारम्भिक प्रतिवेदन अनुसार चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा मोनोरेल निमार्ण हुनेछ ।

उक्त मोनोरेलमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने प्रतिवेदनमा उल्लेख छ ।मोनोरेलको स्टेशन कोटेश्वर-कलंकी, कलंकी-महाराजगञ्ज, महाराजगञ्ज-कोटेश्वर गरी तीन खण्डमा हुने छ । यसै बीच काठमाडौं र ललिपुर महानगरपालिकाले बुधबार मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ ।

चाइना रेल्वे २५ औँ ब्युरो ग्रुप कम्पनी लिमिटेडले मोनोरेलको डीपीआर तयार पार्ने जिम्मा पाएको छ । राष्ट्रिय सभागृहमा महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सीआरसीसीले ६ महिनामा परियोजनाको विस्तृत प्रतिवेदन महानगरलाई बुझाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *