मध्यभोटेकोशी हाईड्रोपावरको दुबै चरणमा निष्कासन भएको आइपिओ बाँडफाँड, कसले कति पाए

मध्यभोटेकोशी हाईड्रोपावरको प्राथमिक शेयर बाँडफाँड भएको छ। दुवै चरणमा निष्कासन गरेको शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटले जनाएको छ ।

पहिलो चरणमा ५० कित्तादेखि ९० कित्तासम्म आवेदन दिने सबैलाई माग बमोजिम शेयर बाँडफाँड गरिएको छ। २४ हजार आठ सय ६६ जना आवेदकले मग बमोजिम १३ लाख १२ हजार चार सय ९० कित्ता शेयर प्राप्त गरेका छन्।

एक सय कित्तादेखि पाँच सय कित्तासम्म माग गर्ने शेयरधनीले ९० कित्ताका दरले शेयर पाएका छन्।

गोलाप्रथाबाट गरिएको बाँडफाँडमा एक सय कित्तादेखि पाँच सय कित्तासम्म माग गर्ने चार हजार पाँच सय ४३ आवेदकलाई थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ।

दोस्रो चरणमा ५० कित्तादेखि दुई सय ५० कित्ता सम्मकालागि आवेदन दिने पाँच सय ७३ जनालाई माग बमोजिम शेयर बाँडफाँड गरिएको छ। उनीहरूले एक लाख १६ हजार तीन सय ८० कित्ता शेयर पाएका छन्।

दुई सय ६० कित्तादेखि पाँच सय कित्तासम्म माग गर्ने आवेदकलाई दुई सय पचासका दरले कुल १९ लाख ६६ हजार पाँच सय कित्ता शेयर बाँडफाँड गरिएको छ।

गोला प्रथाबाट गरिएको बाँडफाँडमा दुई सय ६० कित्तादेखि पाँच सय कित्तासम्म माग गर्ने १७ सय २१ आवेदकले पून १० कित्ताका दरले शेयर पाएका छन्।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *