दि भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले कतारमा हुँदै, कसले जित्ला २५ लाख नगद र कार पुरस्कार

दि भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले कतारमा हुँदै, कसले जित्ला २५ लाख नगद र कार पुरस्कार

रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले आज शुक्रबार कतारको दोहामा हुँदैछ।

गायन प्रतिभा प्रस्फुटन गर्ने एक रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिानालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गर्ने भएका छन् ।

कार्यक्रममा ‘दि भ्वाइस अफ नेपाल’का फाइलिष्टहरु सिडि बिजय, कुशल, सप्तक र श्रृजयले आफ्नो उत्कृष्ट कला प्रस्तुत गर्नेछन जसको माध्यमबाट उनीहरुमध्ये एक जना ‘दि भ्वाइस अफ नेपाल’को बिजेता हुनेछ ।

चारै जना फाइनलिस्टहरुमध्ये दर्शकहरुको भोटको आधारमा बिजेता चयन हुनेछ। नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेताले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गर्नेछन्।

त्यसैगरि बिजेताले २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउनेछन्।

यसअघिको कार्यक्रमबाट फाइनलमा चारै जना निर्णायकहरु दिप, अभया, सनुप र प्रमोदका टिमबाट एक/एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका हुन् ।

‘दि भ्वाइस अफ नेपाल’ ग्राण्ड फिनालेमा फाइनलिस्टहरुका साथै सेमिफाइनलमा पुगेका टप ८ प्रतियोगीहरुले पनि आफ्नो प्रस्तुति दिनेछन्।

कतार, दोहाको एमपी थिएटरमा शुक्रबार बेलुकी १० बजेदेखि शुरु हुने ग्राण्ड फिनाले नेपालमा कान्तिपुर टेलिभिजन र डिसहोमको रमाईलो टिभी र युट्यूबबाट प्रत्यक्ष प्रशारण हुनेछ।

कार्यक्रममा हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको पनि प्रस्तुती हुनेछ। त्यसैगरि ‘दि भ्वाइस अफ नेपाल’ का अन्य सहभागीहरुले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् ।

ग्राण्ड फिनालेमा आफ्नो मनपर्ने प्रतियोगीलाई जिताउन विदेशमा बसेका नेपालीहरुले आज बेलुका ८ बजेसम्म हरेक दिन एउटै आईडीबाट पचास वटासम्म भोट गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

फिनाले कार्यक्रममा ७९ देशका एनआरएन प्रतिनीधि आउने आयोजकले बताएका छन् ।

७९ देशका एनआरएनए प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको यहाँस्थित आयोजक प्रविन गुरूङले जानकारी दिए ।

बिगतका कमी कमजोरीलाई केलाएर कार्यक्रमको सम्पूर्ण तयारी गरिएको भन्दै यस पटकको कार्यक्रम भब्य हुने आयोजकले दाबी गरेको छ।

‘हामीले बिगतको कार्यक्रमबाट पाठ सिकेका छौ, के गर्दा राम्रो हुन्छ भन्ने बारेमा सम्पूर्ण जानकारी छ, त्यही अनुसार कार्यक्रमको तयारी गरेका छौं,’ गुरुङले भने।

कार्यक्रममा मुख्य कुरा सुरक्षाको भन्दै उनले पहिलाभन्दा यो पटक सुरक्षामा दोब्बर तयारी गरेका बताए।

कार्यक्रममा आउनेहरूलाई सहजता होस भन्दै हामीले कार्यक्रमस्थलमै नेपाली परिकार पाउने गरी फुड स्टल समेत ब्यवस्था गरेका छौ’, उनले थपे । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *