जिस्म २’ को छायाँकन सकियो

सुचिन्द्र परियारको निर्देशन रहेको चलचित्र ‘जिस्म २’को छायाँकन सकिएको छ । निर्देशक राजु गिरीको  ब्यानरमा निर्माण भएको चलचित्र ‘जिस्म –२’ को ४८ दिनमा छायाँकन सकिएको हो ।

हिटको मात्र सिक्वेल बन्ने चलन बिपरित गिरीले ब्यबसायिक रुपमा असफल चलचित्र ‘जिस्म’को सिक्वेल निर्माण गरेका हुन् ।

रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी, सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचिन्द्र परियार, रोशन थापा लगायतको अभिनय चलचित्रमा रहनेछ ।

योगेश काजी र लक्ष्मण पौड़ेलको संगति रहेको चलचित्रमा द्वन्द अशोक खड्काको रहेको छ । राजेन्द्र बिकको निर्माणमा बनेको चलचित्र चैत्रको अन्तिम साताबाट प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।  (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *