शेयर कारोबार रोक्ने लगानीकर्ताको क्रियाकलापप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारको कारोबार रोक्ने लगानीकर्ताको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । लगानीकर्ताहरुले रिले अनसनबाट सुरु गरेको आन्दोलन आमरण अनसन तथा शेयर कारोबारमा रोक लगाउने विषयमा पुगे पछि बोर्डले यस्तो धारणा सार्वजनिक गरेको हो ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै बोर्डले मुद्रा तथा पुँजी बजारमा पछिल्लो समय देखिएका प्रवृतिहरुको समस्या पहिचान गरि समाधानका उपाय खोजीरहेको भन्दै संयमित हुन सबै पक्षलाई आग्रह गरेको हो । उसले शेयर कारोबार रोक्ने जस्तो कामप्रति भने आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

व्याजदर, शेयर बजार र ऋण पत्र लगायातको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्या पहिचान एवं सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन भएको र समितिले प्रतिवेदन छिट्टै बुझाउने क्रममा रहेको बोर्डले जनाएको छ ।

बोडको प्रतिनिधि सहित लगानीकर्ताको समेत प्रतिनिधित्व रहने गरी गठन भएको उच्चस्तरीय समितिले विभिन्न सरोकारवालाहरुसंग छलफल गरी प्रतिवेदन तयार गरिरहेको बोर्डको विज्ञप्तीमा उल्लेख छ ।

बोर्डले भनेको छ, बजारको थप विकास र स्थायित्व हुने कुरामा उच्चस्तरीय समितिको प्रतिवेदन फलदायी हुनेछ (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *