ईपीएल टी ट्वान्टी क्रिकेट: ललितपुर प्याट्रियट्स फाइनलमा

ईपीएल टी ट्वान्टी क्रिकेट: ललितपुर प्याट्रियट्स फाइनलमा

ललितपुर प्याट्रियट्स टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई १ विकेटले हराएर ललितपुर फाइनलमा पुगेको हो ।

काठमाडौंले भने अब फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । बुधबार हुने इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगरबीच प्रतिस्पर्धा हुनेछ । त्रिवि क्रिकेट मैदानमा १०९ रनको लक्ष्य ललितपुरले ९ विकेट गुमाएर पुरा गर्यो ।

अन्तिम ओभरमा ललितपुरलाई जितका ९ रन आवश्यक रहेको अवस्थामा योगेन्द्रसिंह कार्कीले उत्कृष्ट ब्याटिङ गर्दै चार बलमा २/२ रन जोड्दै ललितपुरलाई जित दिलाए । प्लेयर अफ दि म्याच समेत रहेका योगेन्द्र २८ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०८ रन जोड्न सक्यो । काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोडे  । यस्तै सागर पुनले २९ रन जोड्दा सिद्धान्त लोहनी १६ रनमा आउट भए  । काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले ३÷३ विकेट लिए भने सन्नी पटेलले २ विकेट लिएका थिए ।(source)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *