इपीएलबाट बाहिरियो पोखरा

काठमाडौं किंग्स ११  सँग पाँच विकेटले पराजित भएपछि पोखरा राइलोज एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटबाट बाहिरिएको छ  । टियु मैदान किर्तिपुरमा सुक्रबार भएको खेलमा पोखराले दिएको एक सय ६६ रनको लक्ष्य काठमाडौंले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।

काठमाडौंको जितमा केभीन ओब्रायनले अर्धशतकीय इनिङस खेल्दै अविजित ५४ रन बनाए । रोहन मुस्तफाले ४०, सुब्रमनियन आनन्दले २७ र सागर पुनले १८ रन बनाए । बलिङमा पोखराका बिक्रम सोबले दुई विकेट लिए ।

यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक ६५ रन बनाएको थियो । पोखराका लागि ओपनर रिचर्ड लेभीले ३८ रन बनाए । कप्तान कायल कोट्जर र पल कघलिनले समान ३७ रन बनाए । विनोद भण्डारी १७ रनमा आउट भए । काठमाडौंका लागि बिक्रम भुसाल र केभीन ओब्रायनले दुई दुई विकेट लिए  ।

जितसँगै काठमाडौंले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । काठमाडौंले तीनखेलबाट चार अंक बनाएको छ  । चार खेलमा खाता खोल्न नसकेको पोखरा इपीएलबाट बाहिरिने पहिलो टोली समेत बनेको छ । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *