प्रिमियरमा ‘प्रसाद’लाई उत्कृष्ट प्रतिक्रिया, विपिनको अभिनय तारिफयोग्य

भोली शुक्रबार अर्थात मंसिर २१ गतेबाट रिलिज हुने चलचित्र ‘प्रसाद’को वुधबार काठमाण्डौको बीग मुभिजमा भव्य प्रिमियर आयोजना गरिएको छ । चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा आयोजित प्रिमियरमा यो चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुतिलाई रुचाए । नायक भूवन केसीले चलचित्रलाई उत्कृष्ट भने । यस्तै, चलचित्र हेर्न पुगेका हाँस्य कलाकार दिपकराज गिरीले फरक कथामा नेपाली मौलिकपन बोकेको चलचित्र बनेको बताए ।

सुशिल पौडेलको कथामा तयार भएको चलचित्रमा दर्शकले नविनता पाउँछन् । चलचित्रमा कमेडी बिषय हाबी भैरहेको समयमा दर्शकले फरक बिषयसँग साक्षात्कार गर्ने मौका यो चलचित्रबाट पाएका छन् । निःसन्तान दम्पत्ती, उनीहरुको जीवनमा छाएको खुशी र आइपरेको अप्ठ्यारोमा यो चलचित्र बनेको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत चलचित्रको केन्द्रविन्दुमा छन् ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *