ईपीएलको ट्रफी सार्वजनिक

Sports

एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ ।

काठमाडौंमा ईपीएलले बिहीबार पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक कार्यक्रममा ईपीएलका ६ टिमका कप्तान उपस्थित थिए ।

साविक विजेता विराटनगर वारियर्सका कप्तान पारस खड्का, ललितपुर प्याटि्रएट्सका ज्ञानेन्द्र मल्ल, भैरहवा ग्लाडिएट्र्सका शरद भेषावकर, चितवन टाइगर्सका पृथु बास्कोटा र पोखरा राइनोजका केयल कोल्ट्जर उपस्थित थिए ।

ईपीएलका पुरस्कार राशी भने खुलाइएको छैन । शनिबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्सले ललितपुर प्याटि्रएटससँग प्रतिस्पर्धा गर्नेछ । (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *