निक्षेपको ब्याज बढेपछि शेयर बजारमा २२ अंकको पहिरो, दिनभरीमा पौने ३८ करोडको किनबेच

News

काठमाडौं। बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याज बढाउन थालेपछि शेयर बजारमा पहिरो गएको छ। बुधबार शेयर बजार २२.८० अंकले घटेको छ।

गत कार्तिक ७ गतेदेखि शेयर बजार घटिरहेको छ। यस अवधिमा शेयर बजार १३१ अंकले घटिकसेको छ। बुधबार एकै दिन शेयर बजार २ प्रतिशतले घटेको हो।

बजार दोहोरो अंकले गिरावट भए पनि कारोबार भने ३७ करोड ७२ लाख रुपैयाँको भएको छ। कारोबार सुरु भएदेखि लगातार घट्दा सम्पुर्ण सूचक तथा उपसूचक रातो देखिएका छन्। सबैभन्दा धेरै नेपाल बैंकको तीन करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ।

बजार घटिरहदा हाथ्वे फाइनान्सका शेयरधनीले भने सबैभन्दा धेरै ५.७७ प्रतिशतले कमाएका छन्। त्यस्तै राधी विद्युतका शेयरधनीले ६.८९ प्रतिशतले गुमाएका छन्।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणको व्याजदर घटाउने भनिरँहदा उल्टै बढाउने संकेत देखाएपछि बजार घटेको हो। बजार यसरी नियमित गिरावट हुँदा पनि सरकार र नेपाल राष्ट्र बैंक चुप हुँदा लगानीकर्ताले अर्बौ रुपैयाँ गुमाउनु परेको बजार विश्लेषक प्राडा मनोज कृष्ण श्रेष्ठले बताए।

बजार घटिरहँदा बजार निर्माता तयार पार्ने तथा लगानीकर्तालार्इ बजार प्रति आस्वस्था पार्न नसक्दै सरकारले आफ्नो भ्यालु आफैले गुमाएको उनको विश्लेषण छ। अर्थमन्त्रीले बजारप्रति सधै नकारात्मक धारणा व्यक्त गर्ने भन्दा पनि बजारलार्इ सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्ने उनले बताए।

अनलाइन प्रणाली आएसँगै शेयर बजारमा सुधार आउने अपेक्षा गरिएकोमा अनलाइन प्रणालीमै धेरै समस्या आउँदा बजार सुधार हुन नसकेको लगानीकर्ताको आरोप छ। (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *