गेलले जिते मिडियाविरुद्धको मानहानि मुद्दा

News Sports

काठमाडौं– वेस्ट इन्डिजका स्टार क्रिकेटर क्रिस गेलले अस्ट्रेलियाको एक मिडिया गु्रपविरुद्ध भन्डै साढे दुई करोड नेपाली रुपैयाँ (तीन लाख अस्ट्रेलियन डलर) को मानहानि मुद्दा जितेका छन् ।

उक्त मिडिया गु्रपले गेलले मसाज गराउने क्रममा एक महिलालाई आफ्नो गुप्तांग देखाएको दाबी गर्दै समाचार प्रकाशन गरेको थियो । फेयरफ्याक्स मिडियाले २०१६ मा शृंखलाबद्ध रिपोर्टसमा गेलमाथि त्यस्तो आरोप लगाएको थियो ।

उसले गेलमाथि सिड्नीमा २०१५ मा ड्रेसिङ रुममा ती महिलामाथि दुव्र्यवहार गरेको आरोप लगाएको थियो । गेलले सो आरोप खण्डन गर्दै भनेका थिए– पत्रकारले उनको करिअर बर्बाद गर्न यस्तो गरेका हुन् ।

न्यू साउथ वेल्स सुप्रिम कोर्टकी न्यायाधीश लुसी म्याकुलमले कम्पनीलाई क्षति बापत रकम भुक्तानी गर्न निर्देशन गर्दै भनेकी छिन्– यो आरोपले गेलको सम्मानमा ठेस पुगेको छ । फेयरफ्याक्सले सो फैसलाविरुद्ध तुरुन्त अपिल गर्ने सोचिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *